सिरियाली युद्धमा रुसी फौज विस्तारको घोषणा


मस्के,(एजेन्सी)
रसियाले बिहिवार सिरिया युद्धमा आफ्नो सैनिक विस्तार गरेको घोषणा गरेको छ । रसियाको रक्षा मन्त्रालयले सार्वजनिक गरेको एक भिडियोमा सन् २०१५ को सेप्टेम्वर यता ६३ हजार जना भन्दा बढि रुसी सैनिकले सिरियामा युद्ध अनुभव हासिल गरेको जनाइएको छ ।

साथ ैरुसी वायु सैनिक फौजले सिरियाली आकासमा ३९ हजार पटक उडन भरेको , १ लाख २१ हजार ४ सय ६६ वटा आतंककारी अखडामा आक्रमण गरी ८६ हजार जना भन्दा बढि लडाकु मारेको बताइएको छ ।
तर उक्त भिडियोमा रुसी सेना वा सिरियाली सर्वसाधारणको मृत्युको कुनै विवरण उल्लेख गरिएको छैन । वेलायत स्थित सिरियाली मानव अधिकार सम्बन्धी अनुगमन गर्ने निकायले रुसी हवाई आक्रमणको दौरान कमितमा ७ हजार ९ सय २६ सर्वसाधारण र १० हजार ६९ जना लडाकु मारिएको जनाएके छ ।

उक्त भिडियोमा रुसी रक्षा मन्त्रालयले सिरियामा रुसी फौजले लडाकु विमान , जमिनबाट आकासमा प्रहार गर्ने प्रणाली र क्रुज क्षेप्यास्त्रह रुलगायत २ सय ३१ प्रकारका हतियार प्रयोग गरेको दावी गरेको छ ।
विगत तीन वर्ष देखि रुसी फौजले आफ्नो गठबन्धन सिरियाली राष्ट्रपति बसार अल असादलाई महत्वपुर्ण सहयोग र समर्थन गर्दै आएको छ । हालै राजधानी दमास्कस नजिकको घोउटा क्षेत्र र दक्षिण पश्चिमी डेर्रा र क्युनेइत्रा प्रान्तमा रुसी फौजले सिरियाली सरकारी फौजसंग मिलेर लडाकुहरु माथि भिषण आक्रमण गरेको थियो ।