सकसमा दलित विद्यालय

0
Shares

महेश न्यौपाने, रोल्पा
विद्यार्थी सवै दलित । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी पनि दलित र शिक्षक पनि एक जना वाहेक सवै दलित । यस्तो विद्यालय हो रोल्पा सुनिल स्मृती गाउँपालिका १ घोडागाउँमा अवस्थीत जन एकता आधारभूत विद्यालय ।

समुदाय नजिक विद्यालय स्थापना गरेर सवै वालवालिकालाई शिक्षाको पहुँचमा पु¥याउने सोचले त्यहाँका दलित अगुवाहरुले विद्यालय स्थापना गरे । विद्यालय पूर्वाधार निर्माण गर्दा सवै काम श्रमदानवाट गरे । विद्यालय भवन वनाए, फर्निचर जुटाए र एक जना शिक्षक पनि राखे । केही समय उत्साहका साथ विद्यालय संचालन पनि गरे । आर्थिक अवस्था कमजोर रहेका उनीहरुलाई लामो समय सम्म पैसा उठाएर विद्यालय चलाउन सम्भव भएन । यतिवेला सो विद्यालय आर्थिक अभावका कारण धौ धौ संचालनमा रहेको छ ।

विद्यालयमा हाल कक्षा तीन सम्म पढाई हुन्छ । अध्ययन गर्ने १०१ जना विद्यार्थी सवै दलित समुदायका हुन । विद्यालय समुदायले स्थापना गरेपनि पछिल्लो समय सरकारले एउटा दरवन्दी दिएको छ । वाँकी ३ जना शिक्षक र १ जना कार्यालय सहयोगी समुदायले नीजि श्रोतवाट तलव सुविधा दिने गरि भर्ना गरेका छन । सरकारले उपलव्ध गराएको दरवन्दीमा गैर दलित समुदायका रहे पनि वाँकी सवै शिक्षक र कर्मचरी दलित समुदायका रहेका छन । विद्यालय व्यवस्थापन समितिको नेतृत्व दलित समुदायकै राधा नेपालीले गरेकी छिन । सदस्य सचिव वाहेक वाँकी ६ जना सदस्य पनि दलित समुदायकै छन ।

विभिन्न संघ संस्था संग सहयोग मागेर विद्यालयमा पानी धारा, सौचालय र फर्निचर व्यवस्था गरेका छौ विद्यालयका प्रधानाध्यापक नुनप्रसाद शर्माले भने । विद्यार्थीको लागी फर्निचर अपुग छ शर्माले भने । विद्यालयको आफ्नो आर्थिक श्रोत छैन, सरकारले दिदैन कसरी विद्यालय चलाउने शर्माले चिन्ता व्यक्त गरे ।

विद्यालयमा आफुहरुले न्यून तलवमा काम गर्न वाध्य भएको विद्यालयका एक शिक्षकले जानकारी दिए । मासिक २ हजार ५ सय देखी ५ हजार तलव पाउने गरि विद्यालयको सेवा गरिरहेका छौ ती शिक्षकले भने । लामो समय सम्म न्यून तलव सुविधामा काम गर्न सकिने अवस्था नभएकाले राज्यले विद्यालयमा दरवन्दी थप्नु पर्ने ती शिक्षकको भनाई छ । दलित समुदायका विद्यार्थीले पढ्ने भएकाले सो विद्यालयलाई फरक ढंगले व्यवहार गर्नु पर्छ उनले भने ।

जिल्ला शिक्षा कार्यालय, गाउँपालिका वा अन्य संघ संस्थाले दिने योजनाको वजेट वरावर श्रमदान गरेर वचाएको पैसाले नीजि श्रोतको शिक्षक व्यवस्थापन गर्न वाध्य भएका छौ प्राधानाध्यपक शर्माले भने । दलित समुदायमा आर्थिक विपन्नता समेत रहेकाले अभिभावकहरु वाट सहयोग उठाउने अवस्थामा छैनन शर्माले भने ।