सडक व्यवस्थित बनाउन जनप्रतिनिधिको आग्रह

0
Shares

नवाकोट (नेस)
विदुर नगरपालिकाकाट निर्वाचित भएका जनप्रतिनिधिहरुले सडक व्यवस्थित बनाउन गल्छी त्रिशुली मैलुङ स्याफ्रवेशी रसुवागढी सडक आयोजनालाई आग्रह गरेका छन ।

बिदुर नगरपालिकाको मुख्य शहरी क्षेत्र देबिघाटदेखि ढुंगेसम्म ब्यबस्थित सडकमार्गको निर्माणमा सरोकारवालाहरु बिच अन्तक्रिया कार्यक्रममा जनप्रतिनिधिले आयोजानालाई आग्ह गरेका हुन । छलफलमा बिदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाको देबिघाटदेखि ढु«गेसम्म सडकमार्ग सफा र ब्यबस्थित बनाउनु पर्ने भन्दै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराए ।

सडक मार्ग स्तरउन्नतीको क्रममा रहेकाले बिद्यूत लाईन, टेलिफोन र खानेपानीको लाईनलाई सडकमार्गमा अन्डरग्राउन्ड बनाउदै ब्यबस्थित शहर निर्माणको लागी बिदर नगरपालिकाबाट प्रस्ताब गरिएको छ । कार्यक्रममा गल्छि त्रिशुली सडक आयोजना प्रमुख सुबोधकुमार देबकोटाले सडक मार्गको बिचमा कुनै केहि पनी अन्डरग्राउन्ड गर्न नमिल्ने बताए । सडकको किनारामा सब वे निर्माण हुने भएकाले त्यस क्षेत्रमा मात्रै बिद्यूत, पानी र टेलिफोनलाई अन्डरग्राउन्ड गर्न मिल्ने उनले बताए ।

कार्यक्रममा नेपाल बिद्यूत प्राधिकरण नुवाकोट बितरण केन्द्रका प्रमुख सन्तोष कुमारले समयाबधि र लागत ठुलो लाग्ने र केन्द्रको निर्देशन अनुसार मात्रै अन्डरग्राउन्ड गर्न मिल्ने भएकाले जिल्लाबाट निर्णय गर्न आफुहरु सहमत हुन नसकिने बताए । यस्तै, नेपाल टेलिकम नुवाकोट शाखाका पुष्प लोहनीले हालको सडकमा टेलिकमको लाईन अन्डरग्राउन्ड भैसकेको जानकारी दिए । सडक निर्माणको क्रममा नै अन्डरग्राउन्ड प्रणालीबाट टेलिफोन सेवा बिस्तार भैसकेको उनले बताए ।

कार्यक्रममा बिदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले ब्यबस्थित शहर निर्माणको लागी नगरपालीकाले बजेट बिनियोजन गर्न सक्ने बताउदै सडकमार्ग, खानेपानीको निर्माण कार्य भैरहेकाले एकै पटकमा ब्यबिस्थत शहर निर्माणका लागी सबै निकायलाई यस तर्फ लाग्नको लागी आग्रह गरे । छलफलमा बिदुरनगरपालिकाका वडाध्यक्षहरुले गल्छी–त्रिशूली–मैलुङ–स्याप्रुबेशी–रसुवागढी सडक आयोजनाले गरेको कार्यप्रति संशकित हुनु परेको भन्दै सच्चिएर काम अगाडी बढाउन निर्देशन समेत दिएका छन् ।