प्रतिस्पर्धा सकियो मेसी र रोनाल्डोको


मेड्रिड, (एजेन्सी)
बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्डेले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीचको व्यक्तिगत प्रतिस्पर्धा सकिएको बताएका छन् ।

यसै सिजन रोनाल्डो सिरी ए क्लब युभेन्टसमा अनुबन्ध भएसँगै उनीहरुबीच चल्दै आएको प्रतिस्पर्धा सकिएको भालभर्डेले बताएका हुन् । एक दशकयता स्पेनिस ला लिगा क्लबमा दुवै खेलाडीबीच उत्कृष्टताको होड चल्दै आएको थियो ।
१ सय मिलियन पाउण्डमा रोनाल्डो युभेन्ट्स गएपछि दुईबीच अब कुनै प्रतिस्पर्धा नरहेको भालभर्डेले बताए ।

उनले भने–‘रोनाल्डो युभेन्ट्स गएपछि मेसी र उनीहरुबीचको प्रतिस्र्धा सकिएको छ । धेरै स्पेनी समर्थकले रोनाल्डोको सरुवालाई रुचाएको छैन। जसको असर अहिले रियल मेड्रिडको खेलमा दर्शक दीर्घाको उपस्थितिले देखाएको छ । यसले रियलको प्रदर्शनलाई समेत प्रभावित पार्न सक्नेछ ।’

सन् २००९ देखि २०१८ को शुरुवातसम्म स्पेनिस क्लबमा मेसी र रोनाल्डोको तिव्र प्रतिस्पर्धा थियो । योबीचमा मेसीले ६ पटक घरेलु लिग जित्दा रोनाल्डोले दुई पटक जिते । रोनाल्डोले चार च्याम्पियन्स लिग उपाधि जित्दा मेसीले दुई पटक जितेका छन् ।
मेसीले कोपा डेल रे पाँच पटक जितेका छन् भने रोनाल्डोले २ पटक जितेका थिए । ९ बर्षको दौरानमा मेसीले सबै प्रतियोगिताका ४ सय ७६ खेलमा ४ सय ७२ गोल गर्दा रोनाल्डोले ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए ।