शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नुस्ः मन्त्री यादव


बिष्णु तिमिल्सिना, बर्दिया ।
उपप्रधानमन्त्री एंव स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्थानीय तहका प्रतिनिधिहरुलाई शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमितामा राखेर काम गर्न सुझाब दिनु भएको छ । बर्दियाको सदरमुकाम गुलरियामा आयोजित अन्र्तरक्रिया कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, जिल्ला समन्वय प्रमुख, स्वास्थ्य शाखा संयोजकहरुलाई सो सुझाब दिनु भएको हो ।
मन्त्री यादवले स्वस्थ र दक्ष जन शक्ति निर्माणको अभियानमा सरकार लागेको बताउनु भयो । शिक्षा क्षेत्रबाट दक्ष जनशक्ति उत्पालन गर्ने र दक्ष जनशक्तिलाई स्वस्थ(निरोगी) नागरिक बनाउन सक्ने हो भने मुलुकको बिकास सम्भब रहेको बताउनु भएको छ । स्थानीय तहमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा उपकरणहरुको कमि रहेको आफुले पाएकोले ती बस्तुहरुको स्तरउन्नति गर्नु पर्ने आबश्कता रहेको बताउनु भएको छ ।
नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि जिल्ला अस्पताल, क्षेत्रीय अस्पताल, उपक्षेत्रीय, अञ्चाल अस्पतालहरुको स्तरउन्नती गर्ने, प्रत्येक प्रदेशमा प्रादेशिक अस्पतालहरुको स्थापना गर्ने, जसमा बिशेषज्ञ सेवाहरु पनि उपलब्ध हुने खालको बनाउने मन्त्री यादबले बताउनु भएको छ । अहिले नेपालमा स्वास्थ्य सम्बन्धी जनशक्तिको कमि रहेकोले नेपालमा करिब ८५ प्रतिशत जनता गाँउमा बस्छन् तर ९० प्रतिशत डाक्टर शहरमा बस्छन्, त्यसले गर्दा गाँउका जनता स्वास्थ्य सेवाबाट बञ्चित हुने बिदम्बना रहेको बताउनु भयो । अब यस्तो संस्कार र सोचलाई परिवर्तन गर्नु पर्ने आबश्यकता रहेको बताउनु भएको छ ।
मन्त्री यादबले यस अघि बर्दिया जिल्ला अस्पतालको निरिक्षण गर्दै बर्दिया जिल्ला अस्पतालको स्तर उन्नती गर्नु पर्ने आबश्कता रहेको बताउनु भएको छ । तत्काल अस्पतालमा एम्बुलेन्शको आबश्यकता रहेकोले बर्दियाको लागि मन्त्रालयमा एम्बुलेन्श राखिराखेको हुनाले लिन निदेशन दिनु भयो ।
साथै कार्यक्रममा बर्दियाका स्थानीय तहका प्रतिनिधिहरुले आफ्नो तहको स्वास्थ्य समस्याको बारेमा जानकारी गराउनु भएको थियो । स्थानीय तहका प्रतिनिधिहरुलाई आ आफ्नो पालिका क्षेत्रमा भएका स्वास्थ्य सम्बन्धी समस्यालाई निर्णय सहित मन्त्रालयमा पठाउन सुझाब दिनु भएको छ ।