काङ्ग्रेसको विधान मस्यौदा समिति गठन


काठमाडौँ ।
नेपाली काङ्ग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ ९संशोधित र परिमार्जित० को धारा, २४ ९८० बमोजिम आज विधान संशोधन मस्यौदा समिति गठन गर्नुभएको हो । मुलुकको नयाँ सङ्घीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनाहरुलाई पुनः संरचना गर्न विधानमा आवश्यक संशोधन गर्न काङ्ग्रेस केन्द्रीय कार्य समितिको गत वैशाख १६ गते सम्पन्न बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो ।

काङ्ग्रेसले पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा केन्द्रीय सदस्यहरु डा मीनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुङ्गाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक रहनुभएको छ ।

समितिले पार्टी सभापति देउवासँग परामर्श गरी आफ्नो कार्यविधि आफँै तयार गरी लागू गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । समितिका संयोजकले आवश्यकतानुसार विभिन्न व्यक्ति तथा संस्थाहरुलाई आफ्नो समितिमा आमन्त्रण गर्न सक्ने अधिकार प्रदान गरिएको छ ।
रासस