कञ्चनपुरमा हवाइ फायर, पूर्वपश्चिम जाेड्ने महेन्द्र राजमार्ग अबरूद्ध (अपडेट)

0
Shares

महेन्द्रनगर । निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन भएकाे छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूलार्इ नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर गरेकाे छ ।

पन्तको बलात्कारपछि हत्या भएको र स्थानीय प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको भन्दै स्थानीय  अान्दाेलित छन् ।

बुधबारको प्रदर्शन उग्र भएपछि प्रहरीले बल प्रयोग गरेकाे थियो । प्रहरीले अाज पनि अश्रुग्यास प्रहार  गरेकाे हाम्रा सहकर्मीले जनाएका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम जाेड्ने महेन्द्र राजमार्ग अबरूद्ध भएकाे छ ।