साधारणसभामा सम्मान

0
Shares

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति ललितपुरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश बिजिको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको अवसरमा प्रतिष्ठानले गीत संगीत क्षेत्रमा योगदान पु¥याउने कलाकर्मी तथा सञ्चारकर्मीलाई सम्मानसमेत गरेको छ।
प्रतिष्ठानले भोला अधिकारी, उमा केसी, दीपा तिमिल्सिना, राजु बोहरालगायतका सञ्चारकर्मीलाई सम्मान गरेको हो। साधारणसभाले समितिका सचिव सुजन बराइलीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष तोलाचन्द ठकुरीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन २०७४ र ०७५ सर्वसम्मत पारित गरेको छ।