नेब्रास्काकी दिलासा मिस नेपाल यूएसए

0
Shares

अमेरिकाको डलासस्थित टेक्ससमा सम्पन्न नेपाली युवतीबीचको सौन्दर्य प्रतियोगितामा नेब्रास्का निवासी २४ वर्षीया दिलासा न्यौपाने छैठौं मिस नेपाल यूएसए २०१८ को ताज चुम्न सफल भएकी छिन्। १६ प्रतियोगीलाई पछि पार्दै विजेता बनेकी उनले मिस एकेडेमिक एक्सिलेन्स अवार्डसमेत जितिन्।

प्रतियोगीतामा टेक्ससकी २२ वर्षीया पोसा घर्तीमगर फस्ट रनर्सअपसहित मिस पर्सनालिटी, मिस कल्चर र मिस फ्रेन्डली तथा कोलोराडोकी २१ वर्षीया कृति ढुंगेल सेकेन्ड रनर्सअप भए। त्यसै गरी आयसा ओझा मिस पब्लिक च्वाइससँगै मिस सोसल एक्सिलेन्स भइन् भने सोर्वे फाउन्डेसनको सद्भावना दूत भएकी छिन् भने अदीती श्रेष्ठ मिस डिसिपिलिन, निलिया गुरुङ मिस फोटोजेनिक, विना श्रेष्ठ मिस क्याटवक, स्वीकृती भट्टराई मिस ट्यालेन्ट र वियन्का अधिकारी मिस नेपाल टेक्सस भइन्। प्रतियोगीताको होस्ट संजय गुप्ताले गरेका थिए भने प्रतियोगीको फेसन डिजाइन लजिमा सुब्बा र क्षितिजा शाक्यले तयार गरेका थिए।