कोकिन विरुद्ध ड्रोनको प्रयोग


बोगोटा,(एजेनसी)
कोलम्वियाली सरकारले खतरनाक लागु औषध कोकिन उत्पादनमा प्रयोग हुने बोटहरु नष्ट गर्नका लागि मानव रहित साना ड्रोन विमानहरु प्रयोग गर्न थालेको मंगलवार स्थानिय संचार माध्यमले जनाएको छ ।

बोट नष्ट गर्ने रसायनिक पदार्थ बोकेका यस्ता ड्रोन विमानहरुलाई कोकाको अवैध खेतको खोजिमा पठाइएको बताइएको छ । राष्ट्रपति इभान डुक्युले यस्ता अवैध खेतसंग जोडिएका अन्य वाली लगाइएको खेतहरुमा न्युनतम क्षति पु¥याउने उद्देश्यले ड्रोनको प्रयोगका लागि जोड दिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

तर राजनीतिक समिक्षकहरुले कोकिनको समस्याका ेसमाधान प्राविधिक ढंगले नभइ राजनिितक रुपमा गरिनु पर्ने बताएका छन् । ड्रोन कम्पनीका निर्देशक जर्मन हुर्रेटासले यस अभियानमा आफ्ना ड्रोनहरुले नारिनो प्रान्तका करिव ९० प्रतिशत कोका बोट नष्ट गर्न सफल भएको दावी गरेका छन् ।