महत्वपुर्ण भुमिका खेल्न चीन तयार


बेइजिङ (एजेन्सी)
भारत र पाकिस्तान बीचको सम्बन्धमा तनाव हटाउन महत्वपुर्ण भुमिका खेल्न तयार रहेको चीनले बुधबार जनाएको छ । चीनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका पाकिस्तानी समकक्ष इमरान खानको द्विपक्षिय सम्बन्ध सुधार्ने सम्बन्धी बयानको पनि सराहना गरेको छ ।

क्षेत्रिय शान्ति, स्थिरता र समृद्धीका लागि भार र पाकिस्ताको सम्बन्धमा सुधार र विकास आवश्यक रहेको चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु कांगले बताए । उनले भने– हामीले यो सँग सम्बन्धित समाचारहरु हेरेका छौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी नेताका तर्फबाट द्विपक्षिय सम्बन्धलाई लिएर दिएका सकारात्मक बयानको स्वागत गर्दछौं ।

भारत र पाकिस्तान दुबै दक्षिण एसियाका महत्वपुर्ण देश भएको र पाकिस्तान र भारत छिमेकीका रुपमा चीन दुबै पक्षबाट दृढता पुर्वक पारस्परिक विश्वास बढाउन, उनीहरुबीचको मतभेदलाई सही तरिकाबाट सम्हाल्न र हलत गर्नका लागि दुबै पक्षलाई चीनको समर्थन हुने उनले बताए ।

क्षेत्रिय शान्ति र विकास बनाइ राख्न दुुबै देश प्रतिबद्ध रहने चीनले अपेक्षा गरेको र यसमा महत्वपुर्ण भुमिका निर्वाह गर्न चीन तयार रहेको उनले बताए ।