बच्चीको नाम एसियन गेम्स


जकार्ता, (एजेन्सी)
इन्डोनेसियाका दुई सहर जकार्ता र प्लेमबाङमा १८औं एसियन गेम्स चलिरहेको छ । यसै दौरान एक दम्पतीले आफ्नो नवजात शिशुको नाम अबिदाह एसियन गेम्स राखेका छन् ।

अबिदाह प्लेमबाङमा एक महिना अघि जन्मेकी थिइन् । छोरी अबिदाहका बुबा योर्डानिया डेनीले बताए—हामीसँग उनको पहिलो नाम पहिल्यै थियो तर पछाडिको नाम थिएन । यस्तो प्रतियोगिता दुर्लभ हुन्छ । यो हरेक चार वर्षमा आउने गर्नाले यस्तो प्रतियोगिता आयोजना गर्न प्लेमबाङको लागि दुर्लभ अवसर बनेको छ । ।

बच्चीकी आमाले बताइन्—यदि उनीसँग प्रतिभा छ भने हामी उनलाई प्रोत्साहन गर्नेछौं । इन्डोनेसिया ब्याडमिन्टनमा राम्रो छ ।