कराँते खेलाडीहरुको बेल्ट टेष्ट


लमजुङ
लमजुङमा कराँते खेलाडीको बेल्ट टेष्ट गरिएको छ । जिल्ला सदरमुकाम बेसीसहरमा जेकेएफ गोजुकाई÷ताजुकी केन्वुकान कराँतेको आठौँ बेल्ट टेष्ट गरिएको हो ।

बेसीसहर कराते डाजोेको आयोजनामा एक समारोहका विच कराँते खेलाडीहरूको बेल्ट टेष्ट गरेको डोजोकी प्रमुख प्रशिक्षक शिला तामाङले बताउनुभयो । उहाँका अनुसार डोजोमा आवद्ध भएका खेलाीहरूको बेल्ट टेष्ट गरिएको हो । एल्लो बेल्टतर्फ १७ जना, ओरेन्जतर्फ एक जना, परपलतर्फ एक जना, ब्ल्युतर्फ ३ जना, फुल ग्रिनतर्फ एक जना र ब्राउनतर्फ दुइ जनाको बेल्ट टेष्ट भएको प्रमुख प्रशिक्षक तामाङले जानकारी दिए । कार्यक्रममा उत्कृष्ट तथा अनुशासित खेलाडीलाई ट्रफि प्रदान गरी प्रोत्साहन गरिएको छ ।

पुरुषतर्फ उत्कृष्ट खेलाडी अनिश श्रेष्ठ, रेगुलरतर्फ रोनक श्रेष्ठ र अनुशासिततर्फ सुजन गुरुङले ट्रफी पाएका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार महिलातर्फ उत्कृष्ट खेलाडीमा प्रीति तामाङ, रेगुलर खेलाडीमा अनिता पुन, अनुशासिततर्फ सुप्रिया बोहोरा छनौट भएको छन् ।

सो अवसरमा २०१८ को एक्टिभ खेलाडीमा पृथ्वी गुरुङ र इन्द्रा गुरुङ घोषित भएका छन् । सो कार्यक्रममा उनीहरूलाई पनि ट्रफि प्रदान गरिएको थियो ।