ढकाललाई जिम्मेवारी


हेटौंडा,(नेस)
मकवानपुर जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तथा मकवानपुर जिल्ला फुटबल संघ सदस्य दीपेन्द्र ढकालले देशको खेल क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।

उनी अखिल नेपाल फुटबल संघको मार्केटिङ एण्ड एजुकेसन समितिको जिम्मेवार सदस्यमा मनोनीत भएका हुन् । ढकाल मकवानपुरे खेल क्षेत्रका एक अभियन्ताका रुपमा परिचित छन् ।