बौलाहा स्यालको टोकाईवाट ३ जना घाईते


विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको पाटन नगरपालिका विभिन्न वडामा बौलाहा स्यालले आतंक मच्चाउन थालेको छ । घाइते हुनेमा पाटन नगरपालिकाको ६ लोर्खाका दमन्ती जोशी , विन्दा जोशी र नरेन्द्र भण्डारी रहेका छन् । घरमै बसीरहेका बेला उनीहरुलाई आज बौलाहा स्यालले टोकेको स्थानीय रामसिंह विष्टले बताए ।
स्यालहरुले गाउँघरमै पसेर टोक्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको छ ।