करेन्ट लाग्दा दुर्इकाे मृत्यु


डोटी ।
केआईसिङ गाउँपालिका–५ जमलकट्टे बस्ने १७ वर्षिय गंगाकुमारी पुनको करेन्ट लागेर सोमबार मृत्यु भएको छ । स्थानीय भुल जंगलमा घाँस काट्ने क्रममा रुखको माथिबाट तानिएको बिद्युतीय लाईनबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यस्तै झापाको मेचीनगर नगरपालिका(३ धरधरे बस्ने ५७ बर्षीय डिल्लीराम गहतराजको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ । डिल्लीराम आफ्नै धान खेतमा पानी लाउन भनी गएकी उनी फर्की नआएपछि खोजी गर्ने क्रममा हात्ती छेक्न लगाएको करेन्ट बारबाट करेन्ट लागेर मृत्यु भएको अबस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।