ट्राफिक नियन्त्रण तालिम समापन


काठमाडौं ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा संचालित ट्राफिक नियन्त्रण तालिम १२७ औँ समूहको सोही महाशाखामा मंगलबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।
तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा प्रशिक्षार्थीहरुलाई निर्देशन दिँदै उहाँले तालिममा सिकेका ज्ञान सीपलाई अनुशासित र इमान्दारीपूर्वक लागू गरी दिएको जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा प्रहरी नायव उपरीक्षक मदन कुँबरले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधी रहेको उक्त तालिममा प्रहरी हवल्दार १ र प्रहरी जवान ६३ गरी कुल ६४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।