मृत अवस्थामा शव फेला


काठमाडौं ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्वागत टोल डेरा गरी बस्ने धरान घर भएका ४० वर्षीय राजु थापा सोही ठाउँस्थित आफ्नै मित नबिन मगरको घरको कोठामा मंगलबार मृत अबस्थामा फेला परेका छन् ।
यस्तै दार्चुलाको मार्मा गाउँपालिका–१ घोल्जर बस्ने ४० वर्षीय अंगिर सिंह ठगुन्ना आफ्नै घर भित्र मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।