ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक यूवकको मृत्यु


बारा ।
जितपुर सिमरा उपमहानगरपालिका–१६ काटघाटस्थित राजमार्गमा ना ५ ख २४०४ नम्बरको ट्रकले ना।४२ प १२६३ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा करैयामाई गाउँपालिका–५ बस्ने २३ वर्षीय भिषम चौधरीको घटनास्थनमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।