ससुराली जाँदै गरेका पुरुष बाटोमा मृत फेला


रामधन राई, खोटाङ ।
खोटाङमा ससुराली जाँदै गरेका पुरुष बाटैमा मृत फेला परेका छन् । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित ससुराली जानेक्रममा धरान उपमहानगरपालिका–१९ चौकीबारीका ३५ वर्षीय समीर परियार मृत फेला परेका हुन् । दिक्तेलबाट ससुराली जाँदै गरेका परियार सोमबार बिहान दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । परियारको मृत्युको कारण खुल्न सकेको छैन । इन्द्रेणीपोखरीबाट लिन गएका आफन्तले परियारलाई मृत फेला पारेका हुन् ।