अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं ।
सुरुङगा नगरपालिका–३ कडोरोवा चोकबाट उदयपुर त्रियुगा नगरपालिका–९ घर भएका २२ वर्षीय नवराज खत्रीलाई नियन्त्रित लागूऔषध ५२ एम्पुल फेनारगन, ५३ एम्पुल लुपिजेसिक, ५२ एम्पुल डाइजेपाम, १ थान सिरिन्ज र ६ थान मोबाइल सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले खत्रीका साथीहरु सोही ठाउँ बस्ने निरन्जन कार्की र नारायण चौधरीलाई समेत नियन्त्रणमा लिएको छ ।

यस्तै सिरहाकाे बरियारपट्टी गाउँपालिका–३ स्थित पसल गरी बस्ने ५० वर्षीय कुलदेव चौधरीलाई अवैध लागूऔषध गाँजा डेड केजी सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।