रक्त संचार सेवा केन्द्र बन्द हुने स्थितिमा


बिष्णु तिमिल्सिना, बर्दिया ।
गुलरियामा सञ्चालित बर्दिया जिल्लाको एकमात्र रक्त संचार सेवा केन्द्र सरकारद्धारा निर्धारित मापदन्ड पुरा गर्न आर्थिक आर्थिक कठिनाईका भएका कारण बन्द हुने स्थितिमा रहेको छ । नेपाल सरकार राष्ट्रिय रक्त संचार व्यरोको २०७२ साल जेठ १६ गतेको पत्रानुसार अन्तरगत रक्त संचार सेवाका लागि आबश्यक पर्ने उपकरण तथा कर्मचारी जनशक्तिका लागि रकमको व्यवस्थापन हुन नसक्दा सेवाकेन्द्र सञ्चालनमा समस्या भएको हो ।
नेपाल रेडक्रस सोसाईटी बर्दिया शाखाद्धारा सञ्चालित लारी रक्तसंचार सेवा केन्द्रको लागि नेपाल सरकारको कुनै पनि निकायले बजेट बिनियोजन नगरेको र निर्धारित मापदन्ड अनुसार रेडक्रसले आर्थिक श्रोत जुटाउन कठिनाई भएको शाखाका सभापति कृष्णप्रसाद गौतमले बताउनु भयो । सभापति गौतमले कुनै पनि हालतमा रेडक्रस रक्त सञ्चार केन्द्रलाई बन्द हुन नदिने पक्षमा बताउनु भयो । आफ्नो तर्फबाट स्थानीय सरकार, जिल्ला अस्पताल तथा सम्बन्धित निकायमा पहल गरीरहेको बर्दिया जिल्ला स्थित संचारकर्मीहरुसंगको समन्वय बैठकमा उक्त कुरा जानकारी गारउनु भएको हो ।
नेपाली जनताको आधारभूत स्वास्थ्य सेवा सहजपहुचको व्यवस्था स्थानीय सरकारले नै गर्नु पर्ने सम्बैधानिक व्यवस्था रहेको छ । तर पनि बर्दियामा रहेको २ गाँउ पालिका र ६ नगरपालिका भएपनि गत आर्थिक बर्षमा रक्त संचार सेवा केन्द्र सञ्चालनका लागि केही पनि बजेट छुट्याएको देखिदैन ।
उक्त रक्तसंचार सेवा केन्द्र सञ्चालनका लागि १ जना मात्र ल्याब टेक्निसियन जनशक्ति रहेको र हाल ९ प्रकारका उपकरण मात्र रहेको छ । सेवाकेन्द्रको आर्थिक बर्षमा बार्षिक आय ६ लाख ४३ हजार १ सय २८ रुपैयाँ रहेकोमा व्याय ८ लाख ६८ हजार २ सय ३० रुपैयाँ भएको छ । यसले गर्दा हालकै अबस्थामा पनि केन्द्रको बार्षिक २ लाख २५ हजार १ सय २ रुपैयाँ थप व्यय भार परिरहेको देखिन्छ । सेवा केन्द्रको सञ्चालनका लागि ६० प्रतिशत रेडक्र शाखाले र ४० प्रतिशत जिल्ला अस्पतालले खर्च व्यहोर्दै आएकोमा हालै नेपाल सरकारले अस्पताल व्यवस्थापन समिति बिगठन गरेका कारण जिल्ला अस्पताल बाट व्योरिदै आएको खर्च पनि उपलब्ध हुन नसक्ने अबस्था रहेको छ ।
नेपाल सरकारको मापदन्ड अन्तरगत २४ लाखको अनुमानित लागतमा करिब १८ किसिमका उपकरण हुनु पर्ने रहेको छ । मापदण्ड बमोजिम आबश्यक जनशक्ति मेडिकल टेक्निसियन १ जना, ल्याब टेक्निसियन ३ जना, ल्याब अशिस्टेन २ जना, ड्राईभर १ जना, सिक्युरिटी गाड १ जना, ल्याबब्रोटरी क्लिनर १ जना र ल्याब पिउन १ जना गरी जम्मा १० जना जनशक्तिको अनुमानित लागत ३२ लाख ३४ हजार हुनु पर्ने रहेको छ ।
बर्दियामा रेडक्रसले २०५६ साल श्रावण देखि रक्त संचार सेवा शुरु भएको थियो । भने श्रोत व्यवस्थापन हुन नसक्दा २०५६ साल चैत महिना देखि सो सेवा बन्द भएको थियो । फेरी २०६० सालमा अस्पताल बिकास समिति र डा. प्रमोद रेग्मीको पहलमा आबश्यकता महसुश गरे पुनः रक्त संचार सेवा शुरु भई हाल सम्म सञ्चालनमा रहेको छ ।
रक्त संचार सेवामा आर्थिक बर्ष २०७४÷०७५ मा नियमित क्लिनिकबाट संकलित रगत १ सय २३ यूनिट, शिविरबाट संकलित रगत १ सय ६९ युनिट गरी जम्मा ३ सय ४९ युनिट संकलन भएको देखिन्छ भने प्रयोगका लागि बिरामीले लगेको रगत २ सय ५८ युनिट, जिल्ला अस्पतालमा खपट भएको १ सय ६४ यूनिट र फिर्ता रगत ९४ युनिट भएको देखिन्छ ।