नयाँ सहरद्धारा चौरजहारीमा सोलार बत्ति जडान


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक सय ६५ वटा प्यानल सहितका सोलार बत्ति जडान गरिएको छ । नयाँ सहर आयोजना मार्फत नगरपालिकाको विभिन्न वस्ती र मुख्य बाटोमा प्रति प्यानल दुईसय वाट क्षमता भएका सोलार बत्ति जडान गरिएको हो । सोलार बत्ति (अटोमेटिक सेन्सर) रात परेको बेला आफै बल्ने र उज्यालो हुँदा आफै निभ्ने बतार्ईएको छ । प्रत्येक सोलारमा ४० वाटका बत्ति जडान गरिएको छ । नयाँ सहर आयोजनाको एक करोड ८५ लाख बजेटमा चौरजहारी नगरपालिकाको अधिकांश वस्तीमा सोलार बत्ति जडान गरिएको निमित्त आयोजना प्रमुख रञ्जन कुमार दासले बताउनुभयो । उहाँका अनुसार जडान गरिएको सोलार बत्तिका लागि चौरजहारी नगरपालिका र स्थनीयको कुनैपनि अनुदान नरहेको बताईएको छ ।

पहिलो चरणमा चौरजहारीको विजयश्वरी, एरपोर्ट, लामिछानेगाउँ, मिसन अस्पत्ताल, टाटागाउँ, नार्जी र त्रिवेणी चोकमा एक सय २० सोलार बत्ति जडान गरिएको थियो । यस्तै दोस्रो चरणमा थप ४५ वटा सोलार र बत्ति जडान गरिएको नयाँ सहर आयोजनाले बताएको छ । दोस्रो चरण अन्र्तगत स्यालखोला, मैलेनाउँली, चौफा, र खोलागाउँ, लगायतका बस्तीमा सोलार बत्ति जडान गरिएको हो । सोलार बत्ति जडान गरिएसंगै चौरजहारी बजार र आसपासका स्थानीयलाई साँझको समयमा घरायसी काम गर्न र आवातजावतमा सजिलो भएको छ । नेपालको दश नमुना सहरमा पर्ने चौरजहारीलाई नयाँ सहरको रुपमा विकसित गर्न नयाँ सहर आयोजनाले चौरजहारीमा विकास निर्माणका कामहरु तिब्र गतिमा अघि बढाएको छ ।