प्रम ओलीद्वारा ३ सय घनमिटर क्षमताको ग्यास प्लान्टको उद्घाटन


बिराटनगरका ३२ घर चुल्होमा पुग्यो वायो ग्यास

सरोज यादव, विराटनगर ।
गाईको गोवर प्रयोग गरी विराटनगर महानगरपालिका चौधमा एक सय बढी घरलाई पुग्ने गरी वायो ग्यास उत्पादन भएको छ । सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सय बढी गाईको गोवरबाट उत्पादित ग्यासको प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच उदघाटन गरेका छन । उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले विराटनगरबाट ग्यासका सिलिण्डर काँधमा बोकेर हिडनुपर्ने अवस्था अन्त्य भएको भन्दै मुलुक विकासको दिशातर्फ उन्मुख भएको बताए । ‘३२ घर परिवारले अब काँधमा सिलेन्डर बोकेर कुदनुपर्ने समस्या हटेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘छोटो समयभित्र यही प्लानबाट अरु ४८ घर–घरमा गोबर ग्यास पुग्दैछ ।’ सिलिन्डरको डल्ला चाहिदैन भन्दै विदाइ गरिनुपर्ने उनले बताए । उनले यतिमै मात्र यस्तो प्लान्ट सिमित नहुने भन्दै स्याङजा, तनहँु, कास्की जिल्लामाहरुमा समेत प्लान्टको तयारी भइरहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले फोहरलाई समस्यामा होइन सम्पतिमा बदलेर विभिन्न फाइदा लिनुपर्ने बताए । उनले राष्ट्रिय निमार्णको संकल्प बोकेर अगाडी बढनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले उद्योगी व्यापारीहरुलाई चार कुरामा लगानी गर्न सुझाब दिएका छन । प्रधानमन्त्रीले उत्पादन, रोजगारी, आत्मनिर्भरता बढाउने कुरामा लगानी गर्न आग्रह गरे ।
बिश्व बंैकको सहयोगमा बैकल्पिक ऊर्जा केन्द र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड ५० लाख रुपैया लगानीमा श्रीकृष्ण गौशालामा उक्त्त गोबर ग्यास प्लान्ट स्थापना गरिएको हो । पहिलो चरणमा ग्यास ३२ वटा घरमा जडान गरिएको छ । कार्यक्रममा उर्जामन्त्री बर्षमान पुनले प्रधानमन्त्री ओलीको जनताको घरघरमा ग्यास पु¥याउने सपना साकार भएको बताए । उद्घाटन कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि सहभागि थिए । करिब दुई हजार किलो गोवरबाट गत साउन २० गतेबाटै ग्यास उत्पादन सुरु भएको थियो । गौशालाभन्दा उत्तरतर्फ एक किलोमिटरसम्मको बस्तीमा रहेका ४८ घरमा दोस्रो चरणमा ग्यास पुरु¥याउने योजना छ । ग्यास उत्पादनका लागि गौशाला क्षेत्रमा करिब ३ सय घनमिटर क्षमताको प्लान्ट जडान गरिएको छ ।