ऐतिहासिक मन्दिर वनदेवि मन्दिरमा क्षमापुजा


नुवाकोट ।
नुवाकोटको ऐतिहासिक मन्दिर वनदेविमा क्षमापुजा गरिएको छ । मन्दिरको पुनःनिर्माण सुरु हुनु भन्दा अगाडी स्थानियवासी तथा बनदेवि मन्दिर हाम्रो सम्पदा समितिले पण्डीत केशबप्रसाद प्याकुरेल र नेवारी पुरोहित गुभाजु मुसुम बज्राचार्य मार्फत संयुत्त रुपमा क्षमा पुजा गरेको हो ।

मन्दिरको पुनःनिर्माणको गर्न परिसरमा रहेका रुखहरु काट्नु पर्ने,संरचनालाई मर्मत गनुपर्ने भएकोले क्षमा पुजा गरिएको बनदेवि मन्दिर हाम्रो सम्पदा समितिका अध्यक्ष ठाकुर खतिवडाले बताए । करिव एकहजार ७० वर्ष पुरानो मन्दिर संरक्षण तथा पुनः निर्माण गर्न स्थानियबासीले बनदेवि मन्दिर हाम्रो सम्पदा समिति समेत गठन गरि मन्दिर पुननिर्माण अघि बढाएका छन । भुकम्पका कारण क्षतीग्रस्त भएको मन्दिर पुनःनिर्माणमा स्थानिय नागरिकह्रुले सहयोग शंकलन गरि पुनःनिर्माण सुरु समेत गरिसकेका छन । मन्दिर निर्माणको लागि बनदेवि मन्दिर हाम्रो सम्पदा समितिसहित प्राविधिक समिति, संरक्षण समिति, आर्थिक उपसमिति र निर्माण उपसमिति समेत बनाइएको छ । बनदेवि मन्दिर हाम्रो सम्पदा समितिको अध्यक्षमा ठाकुर खतिवडा रहेका छन भने उपाध्यक्षमा राजनमान श्रेष्ठ,सचिवमा ईश्वर डंगोल, सहसचिवमा रुकबहादुर हमाल र कोषाध्यक्षमा सुविन राजभण्डारी रहेका छन । त्यस्तै सदस्यहरुमा सुरेन्द्र कुमार शाही, नारायणमान श्रेष्ठ, राजकृष्ण श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजेन्द्र पाण्डे, प्रमोद पण्डित, इन्जिनियर रामकृष्ण राजभण्डारी, नविन्द्रमान श्रेष्ठ, जीवन श्रेष्ठ,उद्धवप्रसाद थपलिया, राजेन्द्र थपलिया र राजेन्द्रमान डंगोल रहेका छन ।

प्राविधिक समितिको संयोजकको रुपमा इन्जिनियर आत्मकुमार शाह, संरक्षण समितिको संयोजकको रुपमा विदुर नगरपालिका वडा नं २ का वडाअध्यक्ष विरेन्द्रकुमार शाही रहेका छन । त्यस्तै आर्थिक उपसमितिको संयोजकको रुपमा सबिन राजभण्डारी रहेका छन भने निर्माण उपसमितिको संयोजकमा उद्धवप्रसाद थपलिया रहेका छन । मन्दिर निर्माणको काममा विदुर सिटी युथ क्लबले सचिवालयको काम गरिरहेका छ । मन्दिर निर्माणको लागि आर्थिक संकलन तिव्र पारिएको छ । मन्दिर निर्माण गर्न करिव साढे चार लाख संकलन भइसकेको आर्थिक उपसमितिका सदस्य सुनिल श्रेष्ठले बताए ।

परापुर्बकालदेखिनै भैरबि मन्दिरसँगै बनदेबिलाई पुजा गरेर भैरबि रथ बन्धनको रुपमा सुरु गर्ने परम्परा रहेको नुवाकोट दरबार हेरचाह तथा स्मारक संरक्षणका द्ध्वारे महेन्द्रबहादुर शाहिले बताए । परापुर्बकालदेखि चल्दै आएको नुवाकोटको एतिहाँसिक भैरबि बन्धनसँग प्रत्यक्ष जोडिएका कारण मन्दिरको पुनःनिर्माणमा स्थानियहरु आफै शक्रिय भएका हुन् । स्थानियहरुको सहभागीतामा मन्दिरको संरक्षण हुनु एतिहाँसिक सम्पदाको दिगो रुपमा पुनःनिर्माण हुने सङकेत रहेको बिदुर नगरपालीका वडा नम्बर ४ का वडाअध्यक्ष तथा मन्दिर संरक्षण समितिका सदस्य टलकमान श्रेष्ठले बताए । मन्दिर परिसरमा वनदेवी मन्दिर हाम्रो सम्पदाको कार्यसमिति, उपसमितिको नामावली, सहयोगीको दाताको नामावली र परियोजनाको बारेमा जानकारी दिन नक्सा प्रकाशन समेत गरिएको छ ।

मन्दिरको क्षमा पुजा गर्न विदुर नगरपालिका वडा नं १ का वडाअध्यक्ष लेनिन रञ्जित, वडा नं २ का वडाअध्यक्ष विरेन्द्रकुमार शाही, वडा नं ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठ, वडा नं १, २ र ४ का वडासदस्य, विदुर, त्रिशुली, ढुंगे, सिम्मुटार, बट्टार, गेर्खु, कोलेनी लगायतका स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।