लागु औषध कारोबारमा रंगेहात ५ जना पक्राउ


बिष्णु तिमिल्सिना, बर्दिया ।
बर्दियाको मधुवन नगरपालिकामा लागु औषध कारोबार गरीरहेको अवस्थामा लागु औषध तथा नगद सहित ५ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । लागु औषध तथा बेचबिखन गरी रहेका छन् भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मधुवन नगरपालिका वडा नम्बर ८ श्रीनगर बस्ती स्थित पाँचै जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुधवन नगरपालिका वडा नं. ६ गाँउ नं. बस्ने २२ बर्षीया मुकेश तिरुवा, वडा नं. ८ बस्ने २२ बर्षीया मुकेश चौधरी, वडा नं. ९ गाँउ नं. १२ बस्ने २५ बर्षीया निकेश बिक(चेतन), वडन नं. ८ गाँउ नं. ६ बस्ने २० बर्षीया कृष्ण बहादुर रामजाली र वडा नं. ६ गाँउ नं. ४ बस्ने १८ बर्षीया प्रकाश गौतम रहेका छन् ।
पक्राउ परेका मध्य मुकेश तिरुवाको साथबाट ५ सय मिलिग्राम ब्राउन सुगर, मुकेश चौधरीको साथबाट ५५ ग्राम गाँजा र निकेश बिकको साटबाट नगद १५ हजार बरामत गरेको छ । पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखि थप अनुसन्धान गरीरहेको प्रहरी प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक दलबहादुर बोगटीले जानकारी गराउनु भयो ।