प्रथम इच्छाकामना महोत्सव हुने


चितवन ।
भाद्र २६ गतेदेखि प्रथम इच्छाकामना महोत्सव–२०७५ संचालन हुने भएको छ । चितवनको एकमात्र गाँउपालिका इच्छाकामनामा असोज ६ गतेसम्म संचालन हुने महोत्सवबारे आज (मंगलवार) चुम्लिङटारमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । कृषि,पर्यटन,उद्योग र व्यापारको प्रवर्दन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल समारोह समितिका संयोजक कृतिकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव मार्फत कृषिमा व्यवसायीकरण तथा आधुनिकिकरण,पर्यटन उद्योगको प्रवद्र्धन तथा उद्योग व्यापारको प्रवद्र्धन गरिने उनले बताए । इच्छाकामना मन्दिर,लामो झरना जलविरे,एतिहाँसिक उपरदाङगढी,चेपाङ होमस्टे,त्रिशुलीमा ¥याफ्टीङ,सिराइचुली,पाथीभरा सिंहदेवी माई मन्दिर लगाएतका मुख्य पर्यटकिय क्षेत्रको प्रचार–प्रसार र प्रवद्र्धनमा महोत्सव केन्द्रित रहने संयोजक श्रेष्ठको भनाई छ ।

महोत्सवमा १ सय ५० भन्दा बढि स्टलहरु रहने र करिव १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सवका सह–संयोजक प्रताप गुरुङले बताए । प्रथम इच्छाकामना डान्स आईडल २०७५,वृहत तीज गीत प्रतियोगिता र स्थानिय तथा राष्ट्रिय कलाकारको विशेष प्रस्तुती महोत्सवको आकर्षणका केन्द्रको रुपमा रहने गुरुङले जानकारी दिए । महोत्सवमा फोहोरवाट मोहोर बनाउने इकोसान प्रविधिवारे समेत जानकारी गराइने उनले बताए ।

गाँउपालिकालाई आर्थिक रुपमा संमृद्ध बनाउन महोत्सव लगाएतका कार्यक्रम आयोजना गरिएको इच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले जानकारी दिइन् । भौगोलिक बनावट र विकासबाट पछि परेको गाँउपालिकालाई संमृद्ध बनाउन सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्न उनले आग्रह गरिन् ।

इच्छाकामना गाँउपालिका वडा नं ४ कुरिनटार स्थित सर्वशान्ति माविको खेल मैदानमा हुने महोत्सव उद्योग वाणिज्य संघ संघ मुग्लिन र इच्छाकामना एफ.एम १०२.४ मेगाहर्जको संयुक्त आयोजनामा हुन लागेको हो । महोत्सवमा इच्छाकामना गाँउपालिका र उद्योग वाणिज्य संघ चितवन संरक्षक÷प्रवर्दकको रुपमा रहेका छन् । महोत्सव संचालन गर्न करिव ४४ लाख ३० हजार खर्च लाग्ने र ५७ लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान छ । महोत्सवको आम्दानीको २० प्रतिशतबाट इच्छाकामना छात्रवृत्ति कोष स्थापना गरिने आयोजकले जानकारी दिएको छ ।