फरार रहेका अपहरणकारी पक्राउ


बारा ।
प्रहरीले अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ । प्रहरीले भारत बिहार पश्चिम चम्पारण बेतिया जिल्ला छपडा गाउँ घर भई हाल बारा जिल्लाको करैयामाई गाउपालिका–८ नरही बस्ने मंगल साह कलवारलाई प्रहरीले सोमबार पक्राउ गरी अदालतमा बुझाएको हो ।
जिल्ला अदालतको आदेशले कलवारलाई तोकीएको कैद तथा जरिवाना वापतको थप ४ वर्ष कैद भुक्तानको लागी बिरगंज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जीतसिंह राठौरले बताउनुभएको छ । अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतले २०७१ माघ २२ गते ९ बर्ष कैद र एक लाख जरिवाना फैसला सुनाए पनि कलवार फरार रहदै आएका थिए ।