फिल्ममा जस्तै मेरो जीवन नक्कली नोटले चंगा चेट भयो ः माधव वाग्ले

0
Shares

चंगा चेट फिल्मको सुटिङका लागि प्रयोजनसमेत खुलाउँदै छापिएको नक्कली नोट बाहिरिएपछि पक्राउ परी धरौटीमा रिहा भएका निर्माता माधव वाग्लेले फिल्ममै जस्तो आफ्नो जीवन चंगा चेटको अवस्थामा पुगेको बताए।

‘फिल्ममा जस्तै मेरो जीवन पनि नक्कली नोटले चंगा चेट भयो। फिल्मसँग सरोकार राख्ने सबै संस्थाबाट इजाजत लिएरै नोट छपाएर प्रयोग गरेको थिएँ। चलचित्र विकास बोर्डबाट पनि अनुमति लिएको थिएँ। तर, केही मिडियाले अपराधिकै रूपमा चित्रण गरेर समाचार लेख्दा दुःख लाग्यो। अहिले मेरो मुद्दा न्यायालयमा चलिरहेको छ। त्यहाँबाट न्याय पाउनेछु भन्नेमा आशावादी छुु।’ –वाग्लेल सोमबार राजधानीमा आयोजिते चंगा चेटको गोजीमा दाम छैन बोलको गीत रिलिज कार्यक्रममा भने। उनले सुनाए– ‘कमेडी नजरामा बनेको यो फिल्ममा तीन पात्रको जिन्दगी नक्कली नोटकै कारण चंगा चेट हुन्छ।

फिल्ममा जस्तै मेरो जीवन पनि नक्कली नोटले चंगा चेट भयो।’ कार्यक्रममा निर्देशक दीपेन्द्र के खनालले फिल्मको कथा चंगा चेटमै घुमेको बताए। ‘फिल्मका पात्र सबै गरिब हुन्छन्। यो अवस्थामा को के–कसरी चंगा चेट हुन्छन् पछि थाहा हुन्छ। यो अहिले बनिरहेका कमेडी फिल्मभन्दा फरक छ। हँसाउनकै खातिर कुनै पनि संवाद र दृश्य जबरजस्ती राखेका छैनौं।’ –खनालले भने। सार्वजनिक गीतमा प्रियंका कार्की, आयुषमान् देशराज जोशी, सुरक्षा पन्त, रवीन्द्र झा, सन्दीप क्षत्री र परमिता राणाले फिचरिङ गरेका छन्। हरिहर तिमल्सिनाको शब्द र राजनराज शिवाकोटीको स्वर तथा संगीत रहेको गीतमा मेलिना राई र ग्रिष्मा शिवाकोटीले स्वरमा साथ दिएका छन्। यसका लागि कोरियोग्राफी प्रवीण सिंहले गरेका छन्। माधव वाग्ले र शर्मिला पाण्डेद्वारा निर्मित फिल्ममा प्रदीप भारद्वाजको पटकथा र संवाद, राजनराज र अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ।