भन्सार छली ल्याएको सुनसहित पक्राउ

0
Shares

काठमाडौं, (नेस)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा बिदेशबाट आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा सुन संकलन गरी लैजान लागेको ९९ ग्रामको २ थान बाला सहित दोलखा झुले गाउँपालिका–३ घर भएका ३३ वर्षीय कमल कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले कार्कीलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भंसार कार्यालय गौचरमा पठाएको छ ।