प्रहरीको सूचना डाटा सेन्टरमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच नेपाल प्रहरीको डाटा सेन्टरको विधिवत उदघाटन गर्नुभयो । सोही अवसरमा उहाँले मुद्धाहरुको मिसिल व्यवस्थापन, लैंगिक अपराध, हराएका तथा फेला परेका व्यक्तिहरु, पहिचान हुन नसकेका शव, वान्टेड तथा मस्ट वान्टेड व्यक्तिहरु एवम् हराएका तथा फेला परेका वस्तु, रेकर्ड सिस्टम सफ्टवेयर समेतको उद्घाटन गर्नुभयो ।

सोही क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त सेन्टरको अवलोकन समेत गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले डाटा सेन्टरको स्थापनापछि प्रहरी कार्यमा अझ बढी जिम्मेवारी बोध भएको र यसको प्रयोगबाट देशभरि हुने अपराध अनुसन्धानमा थप सहजता हुने बताउनुभयो । डिजिटलाइजेसनमा नेपाल सरकारको प्राथमिकता अनुरुप डाटा सेन्टरको स्थापना भएको उल्लेख गर्दै उहाँले डाटा सेन्टरको संचालन एवम् आवश्यक मर्मततर्फ विशेष ध्यान दिनुपर्ने र निरन्तरताका लागि दक्ष जनशक्ति हुनुपर्ने बताउनुभयो ।

वृहत् डाटावेश सहितको एकिकृत सूचना केन्द्र, आवश्यक ढाँचा सहितको केन्द्रीकृत प्लेटफर्म, आपराधिक घटनाको प्रणालीगत डाटा रेकर्ड र तथ्याङ्कगत सूचनाको भण्डारलाई अत्यन्त व्यवस्थित रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले आवश्यकता अनुसार अन्य निकायहरुसँग पनि डाटावेसका विवरणहरु सेयर गर्दै लैजानुपर्ने बताउनुभयो ।
डाटा सेन्टरमा नेपाल प्रहरीको सम्पूर्ण सूचना प्रविधि सम्बन्धि सिस्टमहरु रहने व्यवस्था गरिएको छ