विमस्टेक महासन्धी अनुमोदन

0
Shares

काठमाडौं, (नेस)
प्रतिनिधिसभाले ‘अन्तर्राष्ट्रिय आतंवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरेको छ । गृह मन्त्री राम बहादुर थापाले प्रस्तुत गर्नु भएको प्रस्ताव बहुमतले अनुमोदन गरेको हो ।

बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक)को समान धारणा बनाउन महासन्धि जरुरी रहेको गृह मन्त्री थापाले सोमबारको संसदलाई बताउनु भएको थियो । उहाँले विमस्टेको आसन्न चौथो शिखर सम्मेलन अगावै सो महासन्धी पारित गर्नुपर्ने संसदलाई अवगत गराउनु भएको थियो ।

सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ । सो महासन्धिका बारेमा सांसद देवप्रसाद गुरुङ, प्रेम सुवालले आफ्नो धारणा राख्नु भएको संसद सचिवालयले जनाएको छ ।