साईबर क्राइममा गायक एवं संगीतकार सौगात पक्राउ


काठमाडौँ ।
साइबर क्राइममा गायक एवं संगीतकार सौगात सायर (सुनार) पक्राउ परेका छन् । एक युवतीले गरेको उजुरीका आधारमा अपराध महाशाखाले पक्राउ गरी उपस्थित गराउन इलाका प्रहरी कार्यालय बुटवललाई आदेश दिएका हो ।
राष्ट्रिय जनमोर्चाको रक्तिम सांस्कृतिक अभियानबाट सांगीतिक यात्रा शुरु गरेका सौगात पछिल्लो समय पार्टीमा भन्दा आधुनिक र प्रेम सम्बन्धका गीत गाएर चर्चामा थिए । पक्राउ परेका गायकलाई उजुरी परेपछि बुटवलबाट पक्राउ गरेर अपराध महाशाखा टेकु काठमाडौंमा बुझाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।