रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण सम्पन्न


रसुवा ।
निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य आजबाट सम्पन्न भएको छ ।

राष्ट्रिय प्राथमिकताअन्तर्गत रहेको उक्त आयोजनाको चार हजार १८५ मिटर मुहानदेखि विद्युत् गृहसम्म पानी ल्याउने हेडरेस सुरुङ आज बिहान सूर्यदयोभन्दा अगाडि ‘ब्रेक थ्रु’ गरिएको उक्त आयोजनाका प्रमुख छवि गैह्रेले बताउनुभयो ।

“आयोजनाको सबैभन्दा गाह्रो काम सुरुङ थियो, अब मुख्य भूमिगत सुरुङको निर्माणले निर्धारितसमय सन् २०२० को फेबुअरीभित्र १११ मेघावाट विद्युत् उत्पादन भइसक्छ,” उहाँले भन्नुभयो । रु १३ अर्ब ६४ करोडको लागतमा सन् २०१४ बाट निर्माण कार्य शुरु भएकोे आयाजना प्रमुख गैहे्रले जानकारी दिनुभयो ।

आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न ३३ प्राविधिकसहित ७०० भन्दा बढी कामदार कार्यरत रहेको बताइएको छ ।
रासस