मंगलबारबाट तरकारी र फलफूल नबेच्ने व्यवसायीको चेतावनी


काठमाडौं ।
नेपाल फलफूल तथा तरकारी व्यवासायी महासंघले मंगलबाट देशभर तरकारी तथा फलफूल नबेच्ने चेतावनी दिएको छ ।
सोमबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले काठमडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा गरेको अनुगमनको विरोध जनाउँदै महासंघले आफु मातहतका सदश्य संस्थाहरुलाई तरकारी तथा फलफूल नबेच्न भनेको हो ।
सोमबार विभागको अनुगमन टोलीले कालोबजारी गरेको आशंकामा बा ५ च ९६४ र ना ४ च ६६३४ नंम्बरका दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । बा ५ च ९६४ नंम्बर ट्रकका चालक फरार छन भने ना ४ च ६६३४ नंम्बर ट्रकका चालक सुदीप दराईलाई कालीमाटी प्रहरी वृतले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।