फरार रहेका ११ जना पक्राउ पछि कारागार चलान


यमलाल भुसाल, बुटवल ।
विभिन्न मुद्दामा संग्लन भै फरार रहेका ११ जनालाई प्रहरीले पक्राउ गरी अदालत समक्ष बझाएको छ ।
अदालत बुझाईएका सवैलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
रुपन्देही जिल्ला अदालतबाट प्राप्त फरार लागत अनुसार बहुविवाह मुद्दामा ११ महिना ८ दिन कैद तथा पाँच हजार रुपैयाँ जरीवाना तोकीएका साविक रुपन्देही शंकरनगर ६ हाल तिनपा ४ बस्ने बर्ष ३५ का रामु परियारलाई पक्राउ गरी सोमवार जिल्ला अदालत रुपन्देहीमा दाखिला गरीएकोमा कैद भुक्तानको लागी कारागार चलान गरेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक अमर बहादुर थापाले बताउनु भयो ।
नीज परियारलाई लागु औषध र अन्य मुद्दामा पनि १ महिना कैद सजायको फैसला अदालतले गरेको थियो ।
वडा प्रहरी कार्यालय बुटवलले वितेको ९ महिनामा अदालतले बिभिन्न मुद्दामा कैद सजाए तथा जरीवानाको फैसला सुनाएका फरार ११ जनालाई पक्राउ गरि अदालत समक्ष बुझाएको प्रहरी निरिक्षक थापाले बताउनु भयो ।