उच्च मावि बनाउन हस्ताक्षर अभियान


कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको कालिकामाई गाउपालिकाको वडानम्बर २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक बिधालयमा उच्च मावि बनाउनका लागी सोमबारदेखि हस्ताक्षर अभियान शुरु भएको छ ।
श्री सुकई साह माध्यमिक बिद्यालयलाई १० प्लस २ बनाउनका लागी ब्रिलिएन्ट युवा क्लब भेडिहारीले हस्ताक्षर अभियान शुरु गरेको हो ।श्री सुकई साह माध्यमिक बिधालय १० प्लस २ बनाउन उपयुक्त रहेकोले अबिलम्ब गाउपालिकाको कार्यालयले निर्णय गरी अनुमती दिनका लागी हस्ताक्षर अभियान शुरु गरिएको संस्थाका सचिव शम्भु कुमार सुमनले बताए ।बिद्यालयलाई १० प्लस २ बनाईयो भने कालिकामाई गाउपालिकाको वडानम्बर १ को टिनडोबिया, रबिदास, वडानम्बर ३ को हरिहरपुरबिर्ता, सेमरा, वडानम्बर ५ को बिरन्चीवर्वा, बलुवा, वडानम्बर ४ को प्रशुरामपुर, कट्टीबलुवा र वडानम्बर २ को भेडिहारी, गदियानी, सानो लहावरथकरी र पकहामैनपुर गाउपालिकाको वडानम्बर ४ लहावरथकरी, खेसा्रहा, धोबियाटोला र वडानम्बर ५ को सबैठवा, गदियानीपोखरीया र लक्ष्मीपुरका सयौ छात्रछात्राहरुलाई फाईदा हुने श्री सुकई साह माध्यमिक बिधालयका प्रध्यानाध्यापक रामबालक प्रसाद चौरसियाले बताए ।
हस्ताक्षर अभियान भेडिहारी, टिनडोबिया, रबिदास, हरिहरपुरबिर्ता, सेमरा, बिरन्चीवर्वा, बलुवा, प्रशुरामपुर, कटीबलुवा, गदियानी, सानो लहावरथकरी, खेसा्रहा, धोबियाटोला, सबैठवा, गदियानी पोखरीया र लक्ष्मीपुरमा संचालन गरिने आयोजक संस्थाले जनाएको छ ।हस्ताक्षर अभियानमा लगभग २ हजार भन्दा बढी अभिभावकहरुले हस्ताक्षर गर्ने अनुमान रहेको आयोजक संस्थाले जनाइएको छ