कर्णालीका स्थानिय तहमा मालपोत र नापी स्थापना गरिने


दिपेन्द्र शर्मा, सुर्खेत ।
कर्णाली प्रदेशका स्थानिय तहमा मालपोत र नापी कार्यालय स्थापना गरिने भएको छ ।
कर्णालीमा प्रदेश सरकारले प्रस्ताव गरेको जग्गा प्रशासन विधेयकमा कर्णालीका स्थानिय तहमा मालपोत र नापी कार्यालय स्थापना गर्ने प्रस्ताव गरिएको हो ।
संविधानले स्थानिय तहमा भुमी सम्बन्धी दिएको अधिकारलाई सस्थागत तथा कार्यान्वयनका लागी मालपोत र नापीका कार्यालय स्थापना गर्न लागीएको कर्णाली प्रदेश सरकारका प्रबक्ता एंवम भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले वताइन । कर्णालीका स्थानिय तहमा स्थापना गरिने मालपोत र नापीका कार्यालयहरु पुर्णरुपमा डिजिटल प्रविधिवाट संचालन हुने मन्त्री केसीले वताइन । उनिहरु लाई जग्गाको कित्ता काट गर्ने अधिकार हुनेछ भने जग्गा नापी गर्ने कार्य प्रदेशले नै गर्ने मन्त्री केसीले जानकारी दिइन ।
मन्त्रालयले तयार गरेको जग्गा प्रशासन विधेयकमा मन्त्रालयको मातहतमा रहने गरि प्रदेश स्तरमा जग्गा प्रशासन तथा ब्यवस्थापन कार्यालय र नापी कार्यालय पनि राख्ने प्रस्ताव गरिएको मन्त्री केसीले जानकारी दिइन ।
विधेयकमा दैनिक जग्गा प्रशासन संचालन र ब्यवस्थापनको काम,रजिष्टे«शन , नामसारी, दाखिला खारेज, लगत कटटा,मोठ सम्बन्धीका काम प्रस्ताव गरिएको छ । त्यस्तै विधेयकमा भुमीकर असुली तथा मिनाह सम्बन्धी कार्य, घरजग्गा रजिष्टे«शन सम्बन्धी कार्य लगाएतका कार्यलाई प्रदेशमा एकरुपता कायम गर्नका लागी यो विधेयक तयार गरिएको मन्त्री केसीको भनाई छ । उनका अनुसार ऐन लागु भएपछि जग्गा प्रशासन लाई पुर्ण रुपमा डिजिटलका रुपमा सेवा प्रवाह गर्न ब्यवस्था गरिने छ ।