डोटीमा प्रोजेक्टर मार्फत पढाई हुदै


विमल बिष्ट, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका ४ कुमालीकोटमा रहेको कुमालीकोट माबीले आफनो बिद्यालयमा प्रोजेक्टर मार्फत पढाई सञ्चालन गरेको छ । सो बिद्यालयका प्राधानाध्यापक दीलबहादुर कठायतले दिनु भएको जानकारी अनुसार कक्षा २ देखी ५ सम्मका बिद्यार्थीहरु लाई अंग्रेजी,बिज्ञान,गणित,नेपाली,सामाजिक,स्वास्थ्य जनसंख्या तथा वातावरण बिषय तथा ६ देखी ८ कक्षा सम्मका बिद्यार्थीका लागि अंग्रेजी,बिज्ञान,गणित बिषयलाई प्रोजेक्टर मार्फत पढाउन सुरु गरेको हो ।
पोजेक्टर मार्फत पढाई सुरु गर्ने डोटी जिल्लामा कुमालीकोट माबि पहिलो बिद्यालय भएको बताईएको छ । बिद्यार्थीहरुलाई प्रोजेक्टर मार्फत पढाउदा उनिहरुले सिकाएका कुराहरु सजिलै बुझने भएकाले यो प्रबिधि अति उपयुक्त भएको प्राधानाध्यापक दीलबहादुर कठायतले बताउनु भयो । ‘बिद्यार्थी लाई अरु तरीका बाट पढाउदा अलि बुझन गरो हुने भएकाले यो बिधि राम्रो मानिएको हो,बिद्यार्थीले अरु बिधि बाट पढाउदा अल्छि मान्ने गरेका हुन्छन् उहाँले भन्नु भयो ‘चित्र सहित हेर्न मिल्ने भएकाले बिद्यार्थी ध्इान पुर्वक हेर्छन र बुझछन पनि ।’