एक महिनामै ५ जनाको मृत्यु, दुई घर एक विद्यालय बाढीले बगायो


ललित सिंह, बझाङ ।
जिल्लाको बिभिन्न ठाउँमा परेको अविरल बर्षा पछि आएको बाढीले एकमहिनामै ५ जनाको मृत्यु र दुई घर एक बिद्यालय बगाएको छ ।
मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका ६ बयाना गाउँ का एकै घरका साउन ४ गते दिउसो ४ जनाको ओडारमा बसेको समयमा माथी बाट पहिरो आएर घटना स्थलमै मृत्यु भएको थियो । त्यसै गरी जयपृथ्बी नगरपालिका ३ की १० बर्षकी सुस्मिता ओलीको डुङ्ग्री खोलाले बगाएर मृत्यु भएको हो ।
यहि सुक्रबार आएको पहिरोले विद्यालयको नवनिर्मित भवनमा क्षती पुगेको छ । तल्कोट गाउ“पालिका २ बस्टी स्थित विश्वनाथ प्राथमिक विद्यालयको २ महिना अघि बनेको भवनमा बाढीका कारण क्षति ग्रस्त बनेको हो ।
बाढी स“गै विद्यालयको पछाडी पट्टीबाट पहिरो समेत सुरु भए पछि तल्कोट गाउ“पालिकाको करिब १० लाखको लागतमा दुइ महिना अघि निर्माण भएको दुइकोठे पक्की भवन र त्यसमा रहेका फर्निचरहरुमा पुर्ण रुपमा क्षती भएको विद्यालयका प्रधानाध्यापक विर्खराज जोशीले बताए । विद्यालयमा बाढी पसेर गएको पहिरोले खानेपानीको संरचना पनि बगाएर लगेको उनले बताए । यस्तै विद्यार्थीहरुलाई दिवा खाजा तयार गर्ने भान्छा घर पनि बाढीका कारण क्षतीग्रस्त भएको छ ।
उनले विद्यालय भवन, खाजा घर, खानेपानी र फर्निचर गरी झण्डै २० लाख बराबरको क्षती भएको बताए । ‘पुरानो भवनमा राखिएका हुनाले कागज पत्रहरु मात्र बचेका छन । अरु सबै पहिरोले लग्यो’ उनले भने । विद्यालयको फर्निचर लगायतका संरचनाहरु बाढी पहिरोले क्षती भए पछि यहा“ अध्यनरत १ सय १० जना विद्यार्थीको पठनपाठन अवरुद्ध भएको उनले बताए । उनले भने ‘सबै संरचना बगिहाल्यो । यतिका विद्यार्थीलाई कहा“ लगेर पढाउने ?
विद्यालय नजिकै रहेको बन्दै गरेको सामुदायिक महिला भवनमा पनि क्षती पुगेको छ । यो भवन गाउ“पालिकाको तीनलाख अनुदान र स्थानियको श्रमदानमा बन्दै गरेको थियो । सोही खोलामा बाढी पछि आएको पहिरोले स्थानिय च“दारा समुदायले ठेकी बनाउन प्रयोग गर्ने अन्सान्नु (आफर) घर पनि बगाएर लगेको स्थानिय नरेस रोकायाले बताए । उनले गाउ“को माथिबाट पहिरो सुरु भएका कारण विद्यालय भन्दा तल रहेका स्थानियका ३ वटा घर र करिब १ सय रोपनी खेतबारी पनि जोखिममा परेको बताए ।
विद्यालयको सिरानीमा निर्माण भएको चैनुपुर रुवातोला र बा“या तर्फ निर्माण भएको बस्टी भिमढुङ्गा सडकका कारणले पहिरो सुरु भएको स्थानियको भनाई छ । ‘यति नजिकै दुइवटा सडक नबनाऔं । खोलाले धार परिर्वतन गर्यो भने गा“उनै बगाउछ भनेर भनेकै हौं’ स्थानिय झलक रोकायाले भने ‘त्यो बेला गाउ“लेको आवाज कसैले सुनेनन । अहिले यस्तो दुर्दशा भयो’ उनले स्थानिय ठुलो खोलाको प्राकृतिक प्रवाह छेकिने गरी सडक बनाएका कारण खोला विद्यालय तर्फ फर्किएको बताए । खोलाले धार बदलेर स्कुल बगाए पछि त्यसको तल रहेका तीन घरका मानिसहरु बाढी पहिरोको डरले विस्थापित हुने अवस्थामा पुगेको बताए ।
यस्तै गत बिहिबार राती गएको पहिरोले खप्तड छान्ना गाउ“पालिका ७ गोर्खालिमा ३ वटा घर बगाए पछि ३ परिवारका गरी ३२ जना विस्थापित भएका छन । स्थानिय खड्क सिंह, मोहन सिंह र हिरा सिंहको घर पुर्णरुपमा बगाएको हो । घर बगाउदा करिब ६० लाख बराबरको अन्नपात, भा“डाकुडा, लत्ता कपडा र नगद पहिरोमा पुरिएको स्थानिय भिम सिंहले बताए ।
घर भन्दा १ सय मिटर माथि फाटे भन्ने ठा“उबाट आएको पहिरोले कारण त्यहाका“ अरु ५ घर पनि जोखिममा परेको र पहिरोको डरले उनिहरु घरमा बस्न नसकेको उनले बताए । पहिरो आउने संकेत पाए पछि घरबाट भागेका कारण मानविय क्षती भने हुन नपाएको उनले बताए ।