४ लाख भन्दा बढीको सामान वरामद गरी भन्सार चलान


यमलाल भुसाल, बुटवल ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानवाट भन्सार चोरी गरी पैठारी गरेका सवा ४ लाख बरावरको सामान वरामद गरी भन्सार चलान गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुबाट भन्सार चोरी निकाशी पैठारी गरी ल्याएका मरिच, लत्ता कपडा र अन्य खुद्रा सर सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्र.ना.उ.कुमोध ढुंगेलले बताउनु भयो ।
उल्लेखित सर सामानहरुको हालको बजार भाउ अनुसार जम्मा रु ४ लाख २८ हजार १४०।– मूल्य कायम गरी भन्सार कार्यालय पठाईएको छ ।