ब्याकस्ट्रिट ब्वाइजको कन्सर्टमा प्रशंसक घाइते


वासिंगटन,(एजेन्सी)
अमेरिकाको ओक्लाहामा राज्यमा एउटा आउटडो कन्सर्ट भेन्युमा आएको भिषण आँधिहुरीको कारण धातुको संरचना ढल्दा चर्चित साँगितिक समुह ब्याकस्ट्रिट ब्वाइजका झण्डै १४ जना प्रशंसक घाइते भएका छन् ।

उक्त कार्यक्रमका आयाजकले१ सय १३ देखि १ सय २८ किमि प्रति घन्टाको वेगले हावाहुरी र वर्ष हुन थालेपछि कर्मचारीहरुले दर्शकहरुलाई त्यहाँबाट हटाउने कोसिस गरिरहेकैबेला कन्सर्ट द्वारको ट्रस ढलेको बताएका छन् ।

सम्पुर्ण घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ भने ति मध्ये दुईजना उपचारपछि घर फर्किसकेका छन् । टिवटर मार्फत अमेरिकी म्युजिक ब्यान्ड ब्याक स्ट्रिट ब्वाइजले आफुहरु कहिले पनि आफ्ना प्रशंसकहरुलाई हानी होस् भनी नचाहेको जनाएको छ ।

स्थानिय समय अनुसार शनिवार साँझ करिव पाँच बजे कार्यक्रम स्थलभन्दा करिव चार माइल पर बेस्सरी बिजुली चम्केको देखिएपछि कन्सर्ट आयोजक विन स्टार वल्र्ड क्यासिनो एन्ड रिसोर्टले प्रशंसकहरुलाई आँधिबाट बच्न ओत लाग्नका लागि सजग पारेको थियो ।