वासिंगटन,(एजेन्सी)
अमेरिकाको वासिंगटन राज्यमा आफ्नो किशोरी साथीलाई घचेटेर ६० फिट उचाइमा रहेको पुलबाट खसाल्ने एक अठार वर्षिया युवतीले आफुले घटना अघि त्यसको परिणामबारे नसोचेको प्रहरीलाई बताएकी छिन् ।
यसघटनामा शिकार किशोरीको ज्यान जोगिएपनि उनलाई थुपै्र चोट लागेको छ । शुक्रवार एबिसि न्युज टेलिभिजनको ‘ गुड मर्निंग अमेरिका ’ नामक कार्यक्रमलाई अन्तर्वार्ता दिने क्रममा टेलर स्मिथले धनेकी छिन् , ‘ उनी पुलबाट हाम फाल्न चाहन्थी , तर डराइरहेकी थिइन् ।
उनले मलाइ घचेट्न अनुरोध गरिन् , तर मैले परिणामबारे सोच्नै भ्याइन । मैले त उनलाई केहि पनि हुन्न होला भनेर सोचेकी थिएँ । ’ स्मिथले १६ वर्षिया जोर्डान होल्गर्सनलाई गत ७ अगष्टमा वासिंगटन स्थित भयनकोभर नजिकको मोल्टन फल्स रेजिनल पाकर्को लेविस नदी माथिको पुलबाट खसालि दिएकी हुन् ।
उनका पाँचवटा करंग भाँचिएका छन् भने आमाशय र श्वासनलीमा पनि चोट लागेको प्रहरीले जनाएको छ । यस घटनाको भिडियो क्लिप सामाजिक संजालमा भाइरल भएको थियो । तर केहि दिन अघिमात्र यसलाई हटाइएको छ ।
प्रतिक्रिया