उमेशलाई मिस्टर एभरेष्टको उपाधि


काठमाडौं, (नेस)
उमेश लामाले दोस्रो मिस्टर एभरेष्ट शारिरिक सुगठन प्रतियोगिताको. उपाधि जितेका छन् ।

झापाका उमेश ७५ केजी माथिको तौल समूहको च्याम्पियन हुदै मिस्टर माउन्टेनको फाईनल चरणमा प्रबेश पाएका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार राती भएको फाईनल स्पर्धामा आफ्नो–आफ्नो तौल समूहमा च्याम्पियन भएका चार प्रतिस्पर्धालाई उछिन्दै उमेशले उपाधि चुमेका हुन् ।

नेप्लिज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा सञ्चालित प्रतियोगिताकोे फाईनलमा उमेशले ५५ केजी तौल समूहका बिजेता आभाष प्याकुरेल, ६० केजीका बिजेता गौरव कुमार श्रेष्ठ, ६५ केजी समूहका बिजेता अशिष देवा, ७० केजीमा सन्दीप श्रेष्ठ र ७५ केजीका बिजेता मरिचमान लामालाई पछि पादै मिस्टर एभरेष्टको ताज पहिरिएका हुन् ।

उमेशले उपाधि सगै ३ लाख प्राप्त गरे । प्रतियोगितामा देशभरका एक सय ५० खेलाडीले भाग लिएका थिए । विजेतालाई गृहमन्त्री रामबहादुर थापाले पुरस्कार प्रदान गरेका थिए ।