नेपाल समाचारपत्र, भक्तपुर
च्याउ उत्पादक किसान संघर्ष समितिले भारतबाट आयत हुने च्याउ बन्द गर्नु पर्ने भन्दै अन्दोलनमा उत्रिएको छ । रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलमा च्याउन किसान उत्पादन संघर्ष समितिका संयोजक प्रेम नारायण अधिकारिले नेपाली च्याउ उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा पनि भारतबाट च्याउ आयतलाई प्रोत्सान दिएर नेपाली उत्पादनलाई निरुत्साहि गरेकाले संर्घषमा उत्रनु परेको बताउनुभयो ।
उहाँले नेपाली च्याउ उत्पादनलाई प्रबिधि युक्त बनाउन नसकेको र ब्यवसायिक रुपमा ४० भन्दा बढी जिल्लामा च्याउ उत्पादनमा लागेका झन्डै ५० हजार नेपालीलाई सरकारले बेरोजगार तर्फ धकेल्न थालेको आरोप लगाउनु भयो । यस्तै अवस्था रहे नेपाली च्याउ उत्पादनमा लागेका किसा बारी मा नभएर रोजगारीका लागि खाडीमा जानुपर्ने बाध्यता आउने उहाँको भनाइ छ ।
सरकारसमक्ष च्याउ उत्पादन किसान संघर्ष समितिले राखेको १९ बुँदे माग पत्रलाई सरकारले सम्बोधन गरेर नेपालमा उत्पादन हुने च्याउको संरक्षण र प्रर्वदनको भूमिका खेल्दै बजार ब्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
संघर्ष समितिका सदस्य सचिब शनिस लागेजुले नेपालमा उत्पादन हुने च्याउलाई भन्दा पनि भारतबाट बैद्य अवैद्य रुपमा भित्रने झन्डै १ लाख मेट्रिक टन च्याउको बजारलाई रोक्न नसक्दा नेपाली च्याउ बजार प्रभाबित बनेको बताउनुभयो
संघर्ष समितिले अन्दोलनको चरणलाई निरन्तरता दिँदै आइतबार कालिमाटी फलफूल तथा तरकारी बजारमा आफूहरुले उत्पादन गरेको बस्तु बिचौलियाहरुबाट नभई आफैले बिक्रि गरेको थियो । संघर्षको कार्यक्रम अन्र्तगत हिजै कालिमाटिमा कोण सभाका साथै बल्खु तरकारी बजारमा भारतबाट आयत गरिएको बैद्य अबैद्य च्याउ किसानहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । आफ्ना मागहरुको सम्बोधन नगरिए चरणबद्ध अन्दोलनमा उत्रन बाध्य हुने संघर्ष समितिले पत्रकार सम्मलेनमा जानकारी दिएको छ ।











प्रतिक्रिया