कोचिङ पढ्न जाँदै गर्दा बाटोमै किशोरीमाथि दुव्र्यवहार


भद्रपुर ।
कोचिङ पढ्न घरबाट विद्यालय जाँदै गरेकी एक किशोरीमाथि आज बिहान मेचीनगर–६ स्थित सतिघट्टा मार्गको चिया बगानमा दुव्र्यवहार भएको छ ।

काँकडभिट्टाको लोफोफोरस अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया ती किशोरी कोचिङ कक्षाका लागि बिहान ७ बजे एक्लै साइकल चढेर चिया बगानको बाटो हुँदै विद्यालय गइरहेको अवस्थामा उक्त घटना भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बगानको बीचमा पुगेपछि तीन केटाले एक्कासि समातेर बगानभित्र लगी जबर्जस्ती गर्न खोजेपछि किशोरी चिच्याएकी थिइन् । किशोरी चिच्याएपछि केटा भागेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले जानकारी दिनुभयो ।

अभियुक्तले किशोरीको स्कूल ब्याग र साइकल खोसेर फ्याँकिदिएका थिए, भने केटाहरु भागेपछि रुँदैै उनी स्कूल पुगेकी थिइन् । विद्यालय आइपुगेपछि किशोरीले घटनाबारे प्रधानाध्यापक सागर गुरुङलाई जानकारी गराएकी थिइन् । तत्काल प्रधानाध्यापक गुरुङले इलाका प्रहरी कार्यालय काँकडभिट्टा पुगेर घटनाबारे प्रहरीलाई जानकारी गराउनुभएको थियो ।

किशोरीले प्रहरीलाई दिएको हुलियाअनुसार दुव्र्यवहारमा संलग्न अभियुक्तको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

दुव्र्यवहारका मुद्दा बढे

जिल्ला प्रहरी कार्यालयका अनुसार तीन वर्षमा यौन हिंसाका घटना बढेको छ । आर्थिक वर्ष २०७४÷७५ मा जबर्जस्ती करणीका ९९ र जबर्जस्ती करणी उद्योगका ३४ गरी कूल १३३ वटा मुद्दा दर्ता भएका छन् ।

दर्ता भएका जबर्जस्ती करणीका ९९ मुद्दामध्ये ९१ वटा मात्र फछ्र्योट भएका छन् । जबर्जस्ती करणी उद्योगका ३४ मुद्दामध्ये ३१ वटाको फछ्र्योट भएको छ ।

यस्तै, आव २०७३÷७४ मा ५७ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएका थिए भने ३४ वटा जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए । आव २०७२÷७३ मा ५३ वटा जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता भएको थियो भने १९ वटा जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो ।

आव २०७१÷७२ मा जबर्जस्ती करणीका ४७ वटा मुद्दामध्ये सबै फछ्र्योट भएका छन् । ३८ वटा जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए । भmापाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले समाजमा बलात्कारका घटना बढेकोमा प्रहरी चिन्तित रहेको बताउनुभयो ।

बलात्कारका घटना न्यूनीकरण गर्न झापाका १५स्थानीय तहका नागरिक र प्रहरी प्रशासनबीच सार्वजनिक सुनुवाइ भइरहेको उहाँको भनाइ छ । यौन दुव्र्यवहारका घटना निरुत्साहित गर्न झापामा सादा पोशाकमा १५० भन्दा बढी प्रहरी ग्रामीण क्षेत्रमा परिचालन गर्ने योजना बनाइएको प्रहरी नायब उपरीक्षक ढकाल बताउनुहुन्छ ।
रासस