५७ वर्षमा नागरिकता पाउँदा हर्षका आँसु


लमजुङ ।

लमजुङको बेसीशहर नगरपालिका– ३ गाउँशहरकी शान्ता परियारले ५७ वर्षको उमेरमा पहिलो पल्ट नागरिकता पाउँदा हर्षका आँशु वगाएकी छन् । उनले जिल्ला प्रशासन कार्यालय लमजुङबाट आइतबार नागरिकता पाएकी हुन् ।
चार सन्तानकी आमा उनले माइतिबाट पहिलो पटक नागरिकता पाएकी हुन् । उनको जेठी छोरी २५ वर्षको भैसकेकी छन् । २०१८ साल असार १० गते जन्मेकी परियारले आफ्ना भाइ सोमबहादुर परियारसँगै जिल्ला प्रशासन पुगेकी उनले नागरिकता पाउँदा निकै खुशी भएको बताइन् । नागरिकता नपाउँदा आफूलाई भन्दा पनि छोराछोरीलाई पीडा हुने गरेको र त्यसले आफूलाई झनै मर्माहत बनाउने गरेको बताइन् ।
आफू खुशी विवाह गरेकी उनका श्रीमान् कान्छो छोरा गर्भमा हुँदा देखि वेपत्ता भएका आजसम्म कहाँ छन् भन्ने पत्तो नभएको उनको भनाई छ । उनको कान्छो छोरा १० वर्षको भएको उनी बताउँछि । त्यसअघि चीन छोरीको न्वारान गरीसकेको हुँदा बाबु नहूँदा पनि छोराको न्वारान भने नरोकिएको र श्रीमान्कै नाउँमा छोराको न्वारान गरेको उनले बताइन् । त्यसो त उनले श्रीमान्mार्इै नागरिकता बनाउन पटक—पटक श्रीमानलाई दबाब नदिएकी पनि होइन । नागरिता प्रमाणपत्रको महत्व बुझेपछि उनले त्यो पाउनका लागि खेपेको हैरानी सम्झदै भनिन, ‘बाबुआमाको मृत्युपछि श्रीमान् नभए नागरिकता बन्दो रहेनछ,’ उनले भनिन्, ‘श्रीमानको थर श्रेष्ठ भए पनि ठेगाना भने थाहा छैन’ ।

पछिल्लो पटक भाइ सोमबहादुर परियारले सनाखत गर्न राजी भएपछि शान्ताले नागरिकता प्राप्त गरेकी हुन् । शान्ताले भनिन्, ‘नागरिकताका लागि श्रीमान नै चाहिने भनेर मलाई पटक पटक फर्काइएको थियो ।’ उनी कहिले वडा कार्यालय धाउँथिईन, कहिले जिल्ला प्रशासन त कहिले प्रहरीमा । तर, जहिले पनि रित्तो हात फर्कन बाध्य हुन्थिन् । उनले चिनेजानेका गाउँका सबैलाई नागरिकता बनाइदिन आग्रह गरीन् तर उनले ५६ वर्षसम्म नागरिकता पाउन सकिनन् ।
नागरिकता पाएपछि जिल्ला प्रशासन कार्यालयमा जम्मा भएका पत्रकारलाई उनले भनीन् आज जीवनमा सबैभन्दा ठूलो युद्ध जिते सरह भएकी छु ।
नियम अनुसारका सबै प्रक्रिया पुगेपछि परियारलाई नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । उनले भने ‘आवश्यक सबै प्रक्रिया पु¥याउने जो कोहीले पनि सजिलै नागरिकता पाउँछन् ।’ शान्तालाई नागरिकता बनाउन बेसीशहर नगरपालिकाकी कार्यापालीका सदस्य मन्दीरा दनाई, समग्र विकास सेवा केन्द्रकी जिल्ला संयोजक मिरा भण्डारी, इन्सेक जिल्ला प्रतिनिधी दलबहादुर मजाकोटी लगायतले पहल गरिदिएको उनले बताइन् ।