ज्यान मार्ने उद्योगमा पक्राउ परेका वडा सचिव पाँच लाख धरौटीमा छुटे


रामधन राई, खोटाङ ।
ज्यान मार्ने उद्योगमा पक्राउ परेका खोटाङका दुई आरोपितमध्ये एक जना पाँच लाख रुपैंयाँ धरौटीमा छुटेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ का कर्ण राईमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोपमा पक्राउ परेका सोही नगरपालिकां–५ का वडा सचिव गोपिकृष्ण बस्नेत जिल्ला अदालतलाई पाँच लाख रुपैंयाँ धरौटी बुझाएर आइतबार छुटेका हुन् ।
राईलाई २०६७ असार ७ गते स्थानीय आहालेडाँडामा ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको अरोपमा गत साउन २५ गते बस्नेत पक्राउ परेका थिए । त्यसै घटनाका अर्का आरोपी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यालय सहयोगी रामकुमार थापा भने पुर्पक्षका लागि कारागार पठाइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताउनुभयो । बस्नेतको कुटपिटवाट कर्ण राई अचेत अवस्थामा रहेकाले तत्कालै किटानी उजुरी नपरेको जनाईएको छ । हाल राईको अवस्था सामान्य बनी चेत खुलेका कारण दुई जना विरुद्ध उजुरी परेपछि पक्राउ आरापीहरु पक्राउ परेका हुन् ।
घटनापछि कर्ण राईलाई हेलिकोप्टरमार्फत उपचारमा लगिए पनि लामो समयसम्म अचेत रहेका थिए ।