करणी गर्ने पक्राउ तिनाउ खोलामा सव फेला


यमलाल भुसाल, बुटवल ।
जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका २ तल्लो फुलबारी स्थित जंगलमा एक महिलालाई करणी गदै गर्दा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला रुपन्देही देबदह नगरपालिका ३ बसन्तपुर बस्ने बर्ष ३७ को देबीलाल खनाललाई २५।३० की महिलालाई करणी गदै गरेको अवस्थामा घटनास्थलवाट इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । करणी गर्ने खनाललाई नियन्त्रणमा लिएको, बेहोस महिलालाई उपचारको लागी लुम्बिनी अंचल अस्पताल बुटवल लगिएको र उपचार पश्चात वडा प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यसै बिच तिनाउ खोलाले बगाउदै गरेकोे अवस्थामा एक व्यक्तिको सव प्रहरीले वरामद गरेको छ । नामठेगाना नखुलेको पहाडी मुलको जस्तो देखिने कालो पाईन्ट र पहेंलो टिर्सट लगाएको पुरुस व्यक्तिको सव फेला परेको छ प्रहरीले जनाएको छ ।