हारेपछि नेपाललाई चौथो स्थान


काठमाडौं, (नेस)
भुटानमा जारी यु १५ महिला साफ च्याम्पियनसिपमा नेपाली चेलीको टोलीले चौथो स्थानमै चित्त बुझाएको छ ।

शनिबार भएको तेस्रो स्थानको लागि खेलमा नेपाल आयोजक भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले हारेको थियो । चाम्लिङ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल निर्धारित समयसम्म भुटानसँग २–२ बराबरी खेलेको थियो । खेलको निर्णय टाइब्रेकरमा गएपछि नेपालको दुर्भाग्य बन्यो ।

नेपालको लागि सरस्वती हमाल, प्रिति राई र सलोनी मगरले गोल गरेका थिए । तर सविता रानामगर र चन्द्राले गोल गर्न सकिनन् । भुटानका लागि सोनाम ह्लामो, छिरिङ याङचेन, यासी विधा र छिरिङ लादनले गोल गरेका थिए । सेरेज पेल्मोको प्रहार नेपाली गोलकिपरले रोकेकी थिइन् ।

यसअघि नेपालले खेलको दोस्रो मिनेटमै गोल बेहोरेको थियो । डेकी याङडनको गोलमा नेपाल पहिलो हाफसम्म १–० गोलअन्तरले पछाडि परेको थियो । दोस्रो हाफमा नेपालको लागि चन्द्राले छिटै गोल गरेर बराबरीमा ल्याइन् । उनले नै ५५औं मिनेटमा अर्को गोल थपेपछि नेपालले खेलमा २–१ को अग्रता लिएको थियो । तर ११ मिनेटपछि यासी विधाले बराबरी गोल फर्काएर खेल २–२ मा पु¥याएकी थिइन् ।